त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
ratopati.com · Thu Jul 23 07:55:12 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन आफूले पहल गरेको बताएका छन् । त्रिविको ६७औँ स्थापना दिवसको अवसरमा त्रिविमा भएको कार्यक्रममा सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले यस विषयमा राजदूतहरूसँग कुरा राखेको बताएका हुन् ।
मन्त्री पोखरेलले भने– ‘विश्वविद्यालयलाई नयाँ एक्सेलेन्स सेन्टरका रूपमा इन्टरनेश्नल स्ट्याण्डर्ड यूनिभर्सीटी बनाउने र विदेशी प्रोफेसर नेपाल आउने र त्रिविका प्रोफेसरलाई पनि विदेशी युनिभर्सिटीमा एक्सचेन्ज गर्ने प्रोग्राम ल्याउनेसम्म पुरानो पहिचानलाई कायम राख्दै नयाँ अध्यायबाट अगाडी बढ्न जरुरी छ । हरेक राजदूतसँग छलफल गर्दा त्रिविसहित अन्य विश्वविद्यालयहरूमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम गर्न आग्रह गर्छु । हामीले उच्च शिक्षालाई नयाँ तरिकाबाट अघि बढाउने भनेका छौँ ।’
Read full story at source (ratopati.com)