कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
nepalsamaya.com · Thu Jul 23 08:00:14 GMT 2026

बागमती- साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ। वितरणका लागि कार्यालयमा कूल २० हजार ६९ बोरा युरिया मल प्राप्त भएकोमा १७ हजार ४७७ बोरा वितरण भई आवको अन्त्यमा दुई हजार ६७५ बोरा मौज्दात बाँकी रहेको कार्यालय प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए।
त्यस्तै कार्यालयमा अघिल्लो आवमा २१ हजार ४३५ बोरा डिएपी मल प्राप्त भएकोमा शतप्रतिशत नै वितरण भएको उनले बताए।
Read full story at source (nepalsamaya.com)