चिनियाँ नागरिक छुटाउन ७२ लाखको डिल, पूर्व एसएसपीदेखि चर्चित कलाकारसम्म पक्राउ
bishowkhabar.com · Thu Jul 23 08:05:21 GMT 2026

काठमाडौं– पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकमाथि भइरहेको अध्यागमन अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भएको खुलासा भएको छ। नौ जना चिनियाँ नागरिकलाई छुटाइदिने र नियन्त्रणमा रहेका १५ वटा राहदानी फिर्ता गराइदिने भन्दै ७२ लाख रुपैयाँको ‘डिल’ भएको आरोपमा पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), एक कलाकार र एक बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सशस्त्र प्रहरीका पूर्व एसएसपी गोपालबहादुर गुरुङ, कलाकार नारदप्रसाद खतिवडा र बिचौलियाको भूमिका खेलेका विक्रमबहादुर थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
Read full story at source (bishowkhabar.com)