कम्युनिस्ट एक हुनुपर्छ भन्दै प्रचण्डले भने– छिटो गराैँ, ढिलो गरे दुर्घटना हुन सक्छ
shilapatra.com · Sun Jun 28 10:17:34 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरूबीच सकेसम्म चाँडो एकता हुनुपर्ने बताएका छन् । आज–भोलि नै पार्टी एक हुनुपर्छ भन्ने विचार नराखेको भन्दै उनले सहकार्यका लागि भने ढिला नगर्न र सकेसम्म आजैदेखि सहकार्य जारी राखौँ भनेका छन् ।
उनले संसारबाट कम्युनिस्टहरूलाई सिध्याउन खोजिएको भन्दै छिमेकी देश भारतको उदाहरण दिए । नेपालमा पनि कम्युनिस्ट शक्ति सक्ने प्रयास भइरहेको जिकिर गरे । उनले संविधानका मूलभूत मान्यतामाथि आक्रमण गर्ने कार्य सुरु भएको बताउँदै त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको आवश्यकता रहेको औँल्याए ।
Read full story at source (shilapatra.com)