नेपाल श्रीलंकासँग पराजित
annapurnapost.com · Thu Jul 23 08:12:43 GMT 2026
काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ बराबरी पछि निकै कम अंक ल्यायो । नेपालले श्रीलंकासँग २५–१८, २१–२५, १९–२५, २५–२१ र १५–१० ले खेल गुमाएको हो ।
पहिलो हाफमा ४ अंकले पछि रहँदै अगाडि बढेको खेलमा १४ बराबरीमा श्रीलंकालाई बराबरीमा भेटाएको नेपालले त्यसपछि भने राम्रो प्रदर्शन देखाउन सकेन। जसको फलस्वरुप नेपालले पहिलो हाफ २५–१८ ले हार्यो । दोस्रो हाफमा भने नेपालले अग्रतासहित सुरुवात गरेको थियो । ५–३ को सानो अग्रतासहित सुरु गरेको नेपालले लगातार अंक गुमाउँदा श्रीलंकाले ५ बराबरीमा नेपाललाई भेट्टायो। त्यसपछि पुनः नेपालले लगातार अग्रता बनायो । ११–१०, १५–११, २३–१९ र अन्ततः २५–२१ ले नेपालले दोस्रो सेट आफ्नो नाममा पार्यो ।
Read full story at source (annapurnapost.com)