नेपाल माइक्रोका निलम्बित सीईओ रिमाल पक्राउ
aarthiknews.com

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको सिफलबाट आज बिहीबार पक्राउ गरेको हो ।
उनी बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा फरार रहेका थिए । उनलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सीआईबी प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
Read full story at source (aarthiknews.com)