डा. गोविन्द केसीको अनशन तयारीप्रति स्थानीयको विरोध
nepalpress.com · Thu Jul 23 08:17:58 GMT 2026

धनगढी । सरकारले विगतमा भएका सहमति र आफूले अघि सारेका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै डा. गोविन्द केसी धनगढीमा अनशन बस्न आइपुगेका छन् । दिउँसो ३ बजेदेखि अनशन बस्ने उनले घोषणा गरेका छन् ।
हिजो धनगढी आएका डा. केसी धनगढी उपमहानगरपालिका-१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा बसेका छन्। बिहीबार बिहान स्थानीयले उनलाई भेटेर गेटास्थित शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालन प्रभावित हुन सक्ने भन्दै अनशन नबस्न आग्रह गरेका छन् ।
Read full story at source (nepalpress.com)