नेपालले निर्यात गर्ने भन्दा आयात गर्ने बिजुली महँगो !
corporatenepal.com · Thu Jul 23 08:23:57 GMT 2026

काठमाडौं । नेपालले निर्यात गर्ने भन्दा आयात गर्ने बिजुली महँगो पर्न गएको देखिएको छ । गत आवमा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्दा औसतमा प्रति युनिट ७.५६ रूपियाँ कमाएको छ । तर, भारतबाट आयात गर्दा औसतमा प्रति युनिट ९.१८ रूपियाँ तिर्न परेको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
सामान्यतः नेपालले बर्खामा निर्यात र हिउँदमा आयात गर्छ । त्यसमा हिउँदको विद्युत् महँगो पनि हुनेछ । त्यसले गर्दा नेपालले आयात गर्ने बिजुली महँगो पर्ने गएको देखिन्छ । यद्यपि, वैदेशिक विद्युत् व्यापारमा नेपाल बचतमा छ । अर्थात्, नेपालले आयात भन्दा धेरै विद्युत् निर्यात गर्ने गर्छ ।
Read full story at source (corporatenepal.com)