कसले जित्ला यस वर्षको पल्सर ? भदौ १८ मा हुँदैछ एनएसजेएफ स्पोर्ट्स अवार्ड २०८३
kalakarmi.com · Thu Jul 23 08:33:45 GMT 2026
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेल व्यक्तित्वलाई सम्मान गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८३’ आगामी भदौ १८ गते (सेप्टेम्बर ३, २०२६) आयोजना गर्ने भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत मञ्चले अवार्डको २३औँ संस्करण नेपाल प्रहरी क्लबस्थित द ब्लु प्याभिलियन मा आयोजना हुने जानकारी दिएको हो । सो अवसरमा एनएसजेएफ र गोल्छा ग्रुप बीच अवार्डको शीर्ष प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका हुन् ।
Read full story at source (kalakarmi.com)