स्वार्थले रोकियो कोटहीमाई र शुद्धोधनको बजेट
himalpress.com · Thu Jul 23 08:46:28 GMT 2026

बुटवल- लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये दुई स्थानीय तहले अहिलेसम्म चालु आवको बजेट ल्याउन सकेका छैनन्। रूपन्देहीको कोटहीमाई र कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आन्तरिक विवादले असार मसान्तभित्र बजेट ल्याउन नसकेका हुन्।
संविधानअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको, असार १ गते प्रदेश सरकार र असार १० भित्र स्थानीय तहले बजेट गर्नुपर्ने कानुनी व्यवस्था छ। तर स्थानीय तहमा प्रायः बजेट निर्माणमा जनप्रतिनिधिहरूको स्वार्थ बाझिँदा र कतिपय ठाउँमा त कर्मचारीहरूले समेत अवरोध गरेका कारण गाउँ तथा नगरसभा बस्न नसक्दा बजेट पेस नभएका हुन्।
Read full story at source (himalpress.com)