आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
nepallive.com · Thu Jul 23 08:44:39 GMT 2026

काठमाडौं– सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले पाललाई ५ लाख घुससहित पक्राउ गरेको हो ।
पाललाई केही समयअघि मात्रै घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरिएको र मुचुल्का लगायतका आवश्यक कानूनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको आयोगका बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
Read full story at source (nepallive.com)