२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज हुँदै, अनुसन्धानलाई उच्च प्राथमिकता
barnanmedia.com · Sun Jun 28 10:20:36 GMT 2026

काठमाडौं । करिब २५ वर्षदेखि वैदेशिक रोजगार ठगीसम्बन्धी विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फायल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्यलाई तीव्रता दिइएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो र वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यको नेतृत्वमा पुराना अभिलेख व्यवस्थित गर्दै अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउने अभियान अघि बढाइएको हो।
विभागका अनुसार वि.सं. २०५७ सालदेखि संकलित मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्वपूर्ण फायलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौँ फायलहरूलाई सालवसाली रूपमा वर्गीकरण गरी सुरक्षित राखिएको विभागले जनाएको छ।
Read full story at source (barnanmedia.com)