धनगढीमा आजदेखि डा. केसी अनशन बस्दै, अनशनअघि नै विरोधको लहर
rajdhanidaily.com · Thu Jul 23 09:19:35 GMT 2026

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज (बिहीबार) दिउँसो ३ बजेदेखि धनगढीमा आमरण अनशन सुरु गर्ने भएका छन् । बुधबार धनगढी पुगेका केसीले धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्ने कार्यक्रम तय भएको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिएका छन् । अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलनमार्फत आन्दोलनका उद्देश्य सार्वजनिक गरिनेछ ।
यसपटकको अनशनलाई लिएर सुदूरपश्चिममा भने बहस चुलिएको छ । गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढिरहेका बेला डा. केसीले त्यससम्बन्धी ऐन र नियुक्तिमाथि प्रश्न उठाएपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै प्रकारका प्रतिक्रिया देखिएका छन् ।
Read full story at source (rajdhanidaily.com)