सलिकोद्वारा गत आवमा रु. ४.९६ अर्ब दाबी भुक्तानी, कति संकलन गर्यो बीमा शुल्क ?
corporatenepal.com · Thu Jul 23 09:18:13 GMT 2026

काठमाडौं। नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आर्थिक वर्ष २०८२/८३ मा रु. ५.४२ अर्ब कुल बीमा शुल्क संकलन गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। सोही अवधिमा कम्पनीले रु. ४.९६ अर्ब दाबी भुक्तानी गरी आफ्ना बीमितप्रतिको प्रतिबद्धता, द्रुत सेवा तथा विश्वासलाई थप सुदृढ बनाएको छ।
पछिल्ला केही वर्षयता कम्पनीले व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँचमा निरन्तर वृद्धि गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ। यससँगै दाबी भुक्तानी क्षमतामा समेत उल्लेखनीय वृद्धि गर्दै SALICO ले ग्राहकप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर प्रमाणित गर्दै आएको छ।
Read full story at source (corporatenepal.com)