शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म सुकुम्बासीले काठमाडौं नछाड्ने
annapurnapost.com · Thu Jul 23 09:48:43 GMT 2026

काठमाडौं : बिभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् ।
सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौंमा जस्तो अन्य स्थानमा सहज रुपमा रोजगारी नपाइने भएकाले जीवनयापनमा समस्या हुन सक्ने जनाएका छन् ।
Read full story at source (annapurnapost.com)