बीपीको विचार सत्ता प्राप्तिको अंकगणितले थिचियो : आङ्देम्बे
baahrakhari.com · Thu Jul 23 10:02:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बीपीको विचार सत्ता प्राप्तिको अंकगणितले थिचिएको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले भने, “इतिहासको खबरदारीलाई हामीले महसुस गर्नुपर्दछ । बीपीले ५० वर्षअघि भन्नु भएको थियो, राष्ट्रियताको रक्षा र प्रजातन्त्रप्राप्ति एकआपसका पूरक हुन् । नेपाली कांग्रेसले अपनाएको मेलमिलापको नीति, समाजवादी दर्शन सत्ताप्राप्तिको अंकगणितले थिचिएर, किचिएर समाप्त भएको देख्ने तपाईं हामी साक्षी पनि हौँ ।”
Read full story at source (baahrakhari.com)