१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
ratopati.com · Thu Jul 23 10:10:49 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालले १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ । बिहीबार सार्वजनिक भन्सार विभागको तथ्यांकमा आधारित विवरणले यस्तो देखाएको हो । तथ्यांक अनुसार यो वर्ष नेपालको जम्मा २८ वटा देशसँगको व्यापार मात्रै नाफामा रहेको छ ।
समग्रमा समीक्षा अवधिमा नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ । नेपालको सबैभन्दा ठूलो व्यापार घाटा छिमेकी मुलुकहरू भारतसँग ९ खर्ब ५१ अर्ब रुपैयाँ र चीनसँग ४ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।
Read full story at source (ratopati.com)