मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल शनिबार
baahrakhari.com · Thu Jul 23 10:14:16 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि आउँदो शनिबार (साउन ९) दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । बिहीबार (साउन ७) दिउँसो ३ बजे बस्ने भनिएको प्रदेशसभा बैठकको मिति शनिबारका निम्ति सारिएको हो ।
कर्णाली प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई प्रदेशसभाको उक्त बैठकको कार्यसूचीमा समावेश गरिएको जनाएको छ ।
Read full story at source (baahrakhari.com)