विश्वास, सहजीकरण र स्वेच्छिक कर अनुपालनमार्फत राजस्व संकलन गर्नुहोस् - अर्थमन्त्री वाग्ले
arthasansar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनको व्यवहार र कार्यशैली सुधार गर्दै करदातामैत्री वातावरण बनाउन निर्देशन दिएका छन् । उनले कर उठाउने नाममा करदातालाई त्रसित बनाउने नभई विश्वास, सहजीकरण र स्वेच्छिक कर अनुपालनमार्फत राजस्व संकलन गर्न आग्रह गरेका छन् ।
बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा विभाग र मातहतका देशभरका कर अधिकृतलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करदाताको सन्तुष्टि नै प्रभावकारी कर प्रशासनको आधार भएको बताए । ‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘मैले बजारमा सुन्न पाऊँ– कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् ।’
Read full story at source (arthasansar.com)