चीन भ्रमणमा जाँदै रवि, होला त राष्ट्रपति सीसँग भेट?
himalpress.com · Thu Jul 23 11:08:08 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्व एक टोली चीन भ्रमणमा जान तयारीमा छ। नेपालका लाग चिनियाँ राजदूत चाङ माओमिङले सरकारसँग तिब्बती मामिला, यहाँ हुने गोष्ठीसभा र दलाई लामाको जन्मोत्सव मनाएको बारेमा असन्तुष्टि व्यक्त गरिरहेका बेला सत्तारुढ दलका सभापतिले बेइजिङ यात्राका लागि गृहकार्य थालेका हुन्।
नेपालमा भदौ दोस्रो साता तिब्बती अध्ययनका लागि अन्तर्राष्ट्रिय संगठनअन्तर्गत हुन लागेको गोष्ठीबारे राजदूत चाङले चीनको चासो प्रस्ट पार्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले त्यस्ता कार्यक्रमलाई दलाई लामाका समर्थकले उपयोग गर्न सक्ने भन्दै सरकारलाई सचेत रहिदिन आग्रहसमेत गरेका छन्। चीनविरोधी कार्य र तिब्बतका पक्षमा बोल्न नेपालको भूमि उपयोग नहोस् भन्ने चीनको चाहना रहेको समेत उनले बताएको परराष्ट्र अधिकारीले स्पष्ट पारेका हुन्।
Read full story at source (himalpress.com)