'कानून निर्माण तथा सुधार वर्ष' सफल बनाउन उच्चस्तरीय समिति गठन
barnanmedia.com · Thu Jul 23 10:53:13 GMT 2026

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको 'कानून निर्माण तथा सुधार वर्ष' अभियान सफल बनाउनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको निर्णयबाट आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरिएको थियो ।
मन्त्री गौतमले ‘कानून निर्माण तथा सुधार वर्ष’लाई सफल बनाउनका लागि उच्चस्तरीय कानून सुधार समिति गठनको निर्णय गर्नुभएको हो । समितिले प्रचलित कानूनहरूको पुनरावलोकन, संशोधन, खारेजी, संहिताकरण तथा संविधानबमोजिम आवश्यक नयाँ कानून निर्माणका लागि आवश्यक सिफारिस गर्नेछ ।
Read full story at source (barnanmedia.com)