मधेसका तत्कालीन अर्थमन्त्री र सचिवसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
baahrakhari.com · Thu Jul 23 11:49:00 GMT 2026

काठमाडौं । सर्लाहीको वाग्मती फन पार्क एन्ड रिसोर्ट निर्माण आयोजनामा ३९ करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित सातजनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही बेरअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो । अभियोगपत्रमा वाग्मती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा र मधेश प्रदेशका तत्कालीन सचिव गजेन्द्र ठाकुरलाई पनि भ्रष्टाचारमा सजायका लागि प्रतिवादी बनाइएको छ ।
Read full story at source (baahrakhari.com)