मधेसका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
nepalviews.com · Thu Jul 23 11:55:16 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन प्रदेश सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापासहित सात जना तथा निर्माण कम्पनी बिकोई/धुलिखेल जेभी र कम्पनीका आधिकारिक प्रतिनिधिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार सर्लाहीको बागमती नगरपालिका–११ मा निर्माणाधीन बागमती फनपार्क एण्ड रिसोर्ट आयोजना को सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत कृत्रिम रूपमा बढाएर ठेक्का स्वीकृत गरेको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
Read full story at source (nepalviews.com)
