नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा
nepalsamaya.com · Thu Jul 23 12:03:08 GMT 2026

चितवन। नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर अतिक्रमणमा परेको छ। नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ। नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह, र सरकारी निकायले वर्षौँदेखि ओगटेका छन्। अतिक्रमण बढेपछि लिफ्ट सिँचाइअन्तर्गत ‘सी’ नहर हराएर नक्सामा सीमित बन्नपुगेको छ।
भरतपुर महानगरपालिका–१ मा पर्ने नारायणी लिफ्ट सिँचाइ विसं २०४० बाट सञ्चालनमा आएको थियो। लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत नहर ‘ए’ बाट नारायणीको पानी तानेर नहर ‘बी’ र नहर ‘सी’ मार्फत सिँचाइका लागि छोडिन्छ।
Read full story at source (nepalsamaya.com)