अन्नपूर्णमा १६५ मुलुकका पाहुना: पदमार्गले जोडेको विश्व
nagariknews.nagariknetwork.com · Thu Jul 23 12:05:14 GMT 2026
अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पुगे। यही आर्थिक वर्षमा ६ लाख बढि आन्तरिक पाहुना समेत उक्त क्षेत्रको घुमघाममा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को भनाई छ।स्वदेशी र विदेशी गरेर आर्थिक वर्ष २०८२/८३ मा ११ लाख भन्दा बढि पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापले बताएको छ।
आर्थिक वर्ष २०८२/८३ अन्नपूर्ण क्षेत्र घुम्न पुगेका ती पाहुना १६५ मुलुकका थिए। एकवर्षमा १६५ मुलुकका पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए।‘ अन्नपूर्ण क्षेत्रमा यतिधेरै मुलुकका पाहुना घुम्न पुगेका छन की ती हरेक मुलुकमा अन्नपूर्ण क्षेत्रबारेको जानकारी पुगेको छ,’ कडरियाले भने, ‘अन्नपूर्ण क्षेत्रमा धेरै मुलुकको पहुँच पुगेको यसले देखाउँछ। सबै मुलुकका पाहुनाका लागि अन्नपूर्ण क्षेत्र पहुँचयुक्त रहेको सन्देश दिएको छ।एउटा मुलुकको पर्यटकीय रुटले विश्वलाई जोड्न सकेको यसले देखाउँछ ।’
Read full story at source (nagariknews.nagariknetwork.com)