‘डा. केसी जोसँग लड्छन्, म उनकै साथमा’ भन्ने शिक्षामन्त्री पोखरेलकै कार्यशैलीविरुद्ध डा. केसीको अनसन
swasthyakhabar.com · Thu Jul 23 12:19:00 GMT 2026

काठमाडौं - वर्तमान शिक्षामन्त्री सस्मित पोखरेलले आठ वर्षअघि चिकित्सक डा. गोविन्द केसीको जुनसुकै आन्दोलनमा आफू साथमा रहने सार्वजनिक प्रतिबद्धता जनाएका थिए। तर अहिले डा. केसीले शिक्षा मन्त्रालयकै क्षेत्राधिकारभित्र पर्ने चिकित्सा शिक्षा सम्बन्धी निर्णय र नियुक्तिविरुद्ध सत्याग्रह सुरु गरेका छन्।
डा. केसी बिहीबारदेखि २४औँ अनसनमा बसेका छन्। उनका मुख्य मागहरू चिकित्सा शिक्षा आयोगका निर्णय, मेडिकल विश्वविद्यालयमा भएका नियुक्ति, छात्रवृत्ति कटौती, निजी मेडिकल कलेजमा सिट वृद्धि तथा चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयनसँग सम्बन्धित छन्। यी विषयहरू शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग प्रत्यक्ष जोडिएका छन्।
Read full story at source (swasthyakhabar.com)