दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु
onlinekhabar.com · Thu Jul 23 12:31:37 GMT 2026

७ साउन, बैङ्कक (रासस\एएफपी)। पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सैनिक चौकीलाई लक्षित गरी गरिएको गोलीबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सेनाका अनुसार पछिल्ला केही वर्षयताकै सबैभन्दा घातकमध्ये एक मानिएको उक्त घटनामा छ जना सर्वसाधारण पनि घाइते भएका छन् ।
आक्रमण बुधबार साँझ मुस्लिम बहुल नारथिवाट प्रान्तको बुखे सामी सुरक्षा चौकीमा भएको हो । स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये खुट्टामा चोट लागेका १० वर्षीय बालकसमेत रहेका छन् ।
Read full story at source (onlinekhabar.com)