पौडी खेल्ने क्रममा एक जना बेपत्ता
nepalnews.com · Thu Jul 23 12:38:43 GMT 2026

काठमाडौँ। काठमाडौँको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्।
बिहीबार बिहान ११:४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए। उनी विदेशीसहित चोभारस्थित जलविनायक मन्दिर परिसर घुम्न आएका बेला बागमती नदीमा पौडी खेल्न पसेका थिए। पौडी खेल्ने क्रममा नदीको बहावमा परेपछि उनी बेपत्ता भएका हुन्।
Read full story at source (nepalnews.com)