नेपाल आउँदा नगद ल्याएको २५ हजारसम्म २०० र ५०० दरका भारतीय रुपैयाँ सटही हुने
clickmandu.com · Thu Jul 23 12:49:45 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँ २५ हजारसम्म सटही गर्न सक्ने व्यवस्था गरेको छ । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले जारी गरेको विदेशी विनिमय सम्बन्धी नीतिमा नै २०० र ५०० रुपैयाँ दरका भारतीय मुद्रा २५ हजारसम्म नगद लिएर नेपाल आउन वा जान पाउने व्यवस्था गरेको हो ।
आरबीआईले उक्त व्यवस्था गरेसँगै नेपाल राष्ट्र बैंकले पनि प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म २०० र ५०० रुपैयाँ दरका भारु सटही गर्न सक्ने व्यवस्था गरेको हो । भारतीय नागरिक नेपाल भ्रमणमा आउँदा २५ हजार रुपैयाँसम्म २०० र ५०० दरका भारु नगद बोकेर आउने व्यवस्था यसअघि नै भएको थियो ।
Read full story at source (clickmandu.com)