विद्युत् आयोगको अध्यक्षमा पुनः धिताल
baahrakhari.com · Thu Jul 23 12:52:07 GMT 2026

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा धितालसहित आयोगका तीन सदस्यमा जयराज भण्डारी, बलराम सिलवाल र लोकराज पाठकलाई पनि नियुक्त गर्ने निर्णय गरेको हो । महिला सदस्यको पद भने अझै रिक्त रहेको छ । धिताल यसअघि पनि अध्यक्ष थिए । सरकारले अध्यादेश ल्याएसँगै कार्यकाल पूरा गर्न पाएका थिएनन् ।
जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका डा. धिताल ऊर्जा क्षेत्रका वरिष्ठ विज्ञ, नीति निर्माता तथा व्यवस्थापकका रूपमा परिचित छन् । नेपालसहित अफगानिस्तान, यमनलगायत विभिन्न देशमा ऊर्जा नीति, विद्युत् नियमन, ग्रामीण विद्युतीकरण, जलविद्युत् विकास तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
Read full story at source (baahrakhari.com)