सुर्पालमा रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाहरूको १७ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल
barnanmedia.com · Thu Jul 23 13:09:32 GMT 2026

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ सुर्पालमा रेनकोट ओढेर स्कुल जाँदै गरेका तीन बालिकाहरूको १७ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेको छ ।
दुई दिनमा २ करोड २० लाखभन्दा बढी भ्युज पाएको उक्त भिडियो स्थानीय लोकेन्द्र पुनले टंक सुपारी स्मृति प्रतीक्षालयबाट खिचेका हुन् । भिडियोमा देखिने बालिकाहरू स्थानीय एडभान्स चाइल्ड केयर सेन्टरमा अध्ययनरत छन्। उनीहरूमध्ये दुई जना एकै घरका र एक जना छिमेकी हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालिकाहरूलाई ‘क्युट’ भन्दै बाल्यकालको याद आएको टिप्पणी गरेका छन् ।
Read full story at source (barnanmedia.com)