पालुङटारका नगरप्रमुख बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुरमा
barnanmedia.com · Sun Aug 30 00:15:56 GMT 2026

रसुवाको गोसाइँकुण्डमा तीर्थयात्राका लागि जाने क्रममा बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिकाका नागरिक खोज्दै नगरप्रमुख विवश चिन्तन नवलपुरको अस्पताल आउनुभएको छ ।
पालुङटारबाट तीनवटा गाडी तीर्थयात्रामा गएको बखत ३८ जना सवार एउटा बस त्रिशूलीको बाढीमा परेको थियो । उक्त बसबाट छ जना नगरवासी जोगिएका भए पनि ३२ जना बेपत्ता भएका नगरप्रमुख चिन्तनले बताउनुभयो । त्रिशूली नदीबाट बेपत्ता भएका नागरिक खोज्दै शनिबार गोरखाको पालुङटारका नगरप्रमुख चिन्तन नवलपुरको विभिन्न अस्पतालमा पुगेको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)