वैदेशिक व्यापार पहिलाे पटक २४ खर्ब नाघ्याे, व्यापार घाटा निराशाजनक
arthadabali.com · Thu Jul 23 13:52:15 GMT 2026

काठमाडौँ / नेपालको वैदेशिक व्यापारले आर्थिक वर्ष २०८२/८३ मा इतिहासमै पहिलो पटक २४ खर्ब रुपैयाँको सीमा पार गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत आवमा कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भई २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ रहेको थियो।
यद्यपि, कुल व्यापारको आकार नयाँ उचाइमा पुगे पनि आयात र निर्यातबीचको असन्तुलन अझ गहिरिँदा मुलुकको व्यापार घाटा पनि उल्लेख्य रूपमा बढेको छ। विभागका अनुसार गत आवमा व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ थियो।
Read full story at source (arthadabali.com)