गत आवमा वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि
nepalsamaya.com · Thu Jul 23 14:19:03 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ। गत आवमा रु २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत आवमा समग्र वैदेशिक व्यापारमा वृद्धि भएजस्तै व्यापार घाटासमेत बढेको छ। अघिल्लो आवको तुलना व्यापार घाटा १६ दशमलव ६३ प्रतिशतले बढेको छ। गत आवमा मुलुकको व्यापार घाटा बढेर रु १७ खर्ब ८१ अर्ब आठ करोड पुगेकामा अघिल्लो आवमा यो रकम रु १५ खर्ब २७ अर्ब नौ करोड थियो।
Read full story at source (nepalsamaya.com)