वित्तीय अपराध नियन्त्रणबारे स्ट्यान्डर्ड चार्टर्ड र एफआईयू–नेपालद्वारा क्षमता अभिवृद्धि कार्यशाला
nepalviews.com · Thu Jul 23 14:19:07 GMT 2026

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल)सँगको सहकार्यमा 'एफएटीएफ मापदण्डअनुसार सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा विनाशकारी हातहतियारको वित्तीय लगानी (एएमएल/सीएफटी/सीपीएफ) सम्बन्धी अनुपालन प्रभावकारिता अभिवृद्धि' विषयमा एकदिने कार्यशाला आयोजना गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित कार्यशालामा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य प्रतिवेदन पेश गर्ने निकायका गरी १४० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बैंकले जनाएको छ।
Read full story at source (nepalviews.com)