सेकेन्डरी स्कुलमा ग्यास लिक हुँदा ४ जना बालिका घाइते
barnanmedia.com · Thu Jul 23 14:21:03 GMT 2026

तानसेनस्थित मिलेनियम सेकेन्डरी स्कुलमा ग्यास लिक हुँदा ४ जना बालिका घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दिउँसो खाजा खाने क्रममा विद्यालयकै क्यान्टिनभित्र ग्यासको पाइप लिक हुँदा आगो लागेको थियो । आगलागीबाट सचिता बानु, पर्सुजा दंगाल, अनुष्का कुमाल र आरन्या शाक्य घाइते भएका छन् ।
घाइतेमध्ये बानुको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि रिफर गरिएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो । अन्य ३ जनाको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । घाइतेहरू एलकेजीमा पढ्ने ४–५ वर्षका बालिका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो।
Read full story at source (barnanmedia.com)