आगामी २१ र २२ नोभेम्बरमा नेपालका अग्रणी आईटी कम्पनी र स्टार्टअपहरूको प्रविधि प्रदर्शनी हुँदै
techpana.com · Thu Jul 23 14:43:35 GMT 2026

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी २१ र २२ नोभेम्बरमा नास-आईटी एक्स्पो आयोजना गर्ने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा हुने एक्स्पोमा नेपालका अग्रणी आईटी कम्पनीहरू तथा नवप्रवर्तनशील स्टार्टअपहरूको प्रविधि प्रदर्शनी हुनेछ ।
साथै, व्यवसायका वास्तविक चुनौतीहरू समाधान गर्ने उत्पादन तथा प्रविधि समाधानहरूको प्रदर्शन पनि हुनेछ । यसका साथै, यो एक्सपोमा प्रविधि कम्पनी, व्यवसाय, लगानीकर्ता तथा सरोकारवालाबीच नेटवर्किङ तथा सहकार्यका अवसर, डिजिटल रूपान्तरण, एआई, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा उदीयमान प्रविधिहरू सम्बन्धी ज्ञानमूलक सत्र र नयाँ साझेदारी, व्यापारिक अवसर तथा नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर पनि रहने नास-आईटीले जानकारी गराएको छ ।
Read full story at source (techpana.com)