मनसुनमा गलत सूचना रोक्न टिकटकको नयाँ पहल, नेपालमा सुरु गर्यो विशेष ‘सर्च गाइड’
barnanmedia.com · Thu Jul 23 14:37:49 GMT 2026

मनसुनी बाढी र पहिरोको जोखिम बढिरहेका बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालका प्रयोगकर्ताका लागि विश्वसनीय जानकारीमा सहज पहुँच सुनिश्चित गर्न विशेष ‘सर्च गाइड’ सेवा सुरु गरेको छ। प्राकृतिक विपद्का समयमा सही सूचना प्रवाहलाई प्राथमिकता दिने र गलत सूचना फैलिन नदिने उद्देश्यका साथ कम्पनीले यो सुविधा सार्वजनिक गरेको हो।
टिकटकका अनुसार अब बाढी, पहिरो वा मनसुनसँग सम्बन्धित सामग्री खोज्ने प्रयोगकर्ताले खोज परिणामसँगै एउटा विशेष ब्यानर देख्नेछन्। उक्त ब्यानरमार्फत प्रयोगकर्तालाई प्रमाणित स्रोतबाट जानकारी लिन प्रोत्साहित गरिनेछ।
Read full story at source (barnanmedia.com)