कूटनीतिमा रवि–बालेनका समानान्तर गतिविधि
onlinekhabar.com · Thu Jul 23 14:42:26 GMT 2026

प्रधानमन्त्री बालेन शाहले मूख्य सल्लाहकार कुमार बेनलाई केही दिनअघि नयाँ दिल्ली पठाएको विषय यति बेला चर्चामा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई प्रधानमन्त्री बालेनका सल्लाहकार बेनले भेटेको विषय नेपाल राष्ट्रको रेकर्डमा कतै भेटिँदैन । तर उनी त खुसुखुसु भेटेर पनि फर्किसके ।
सरकारका एक उच्च अधिकारी बेन र डोभलबीचको भेटलाई व्यक्तिगत रुपमा पुष्टि गर्छन् । सँगै भन्छन्, ‘तपाईंले यो विषयलाई मेरो औपचारिक हैसियतबाट पुष्टि भएको नमान्नुस्, तर त्यहाँ के भएको हो भन्ने विषय मलाई राम्रोसँग थाहा छ ।’
Read full story at source (onlinekhabar.com)