प्रधान सम्पादक पौडेललाई पुष्पलाल स्मृति पुरस्कार
nepalpress.com · Thu Jul 23 14:56:32 GMT 2026

रामेछाप । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ बाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको उक्त पुरस्कार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा प्रदान गरिएको हो ।
पुरस्कार ग्रहणपछि पौडेलले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेका बेला जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेको बताए । नेपाली पत्रकारिता अहिले आत्म–नियन्त्रण (सेल्फ सेन्सरशिप) र विभिन्न प्रकारका अवरोधको सामना गरिरहेको उल्लेख गर्दै उनले ती चुनौतीलाई चिर्दै सत्य र तथ्यमा आधारित पत्रकारिता अघि बढ्ने विश्वास व्यक्त गरे।
Read full story at source (nepalpress.com)