कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
ratopati.com · Thu Jul 23 15:48:42 GMT 2026

चितवन । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो ।
विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी भर्नासम्बन्धी विषयमा भएको छलफल अन्तिम चरणमा पुगे पनि निर्णय भने भइनसकेको बताए । भर्ना आह्वान हुनुअघि नीतिगत रूपमा सम्पूर्ण तयारी र व्यवस्थापनका लागि सरोकार भएका व्यक्तिसँग छलफल भइरहेको उनले जानकारी दिए ।
Read full story at source (ratopati.com)