जोखिममुक्त नेपाल त सम्भव नहोला, जोखिमप्रति सचेत नेपाल सम्भव छ
baahrakhari.com · Sun Aug 30 00:31:53 GMT 2026

यही भदौ १० गते बिहान चीनको तिब्बत–रसुवा सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीलाई एक पटकमात्र हुने असामान्य प्राकृतिक दटनाका रूपमा बुझेर अगाडि बढ्नु ठूलो भूल हुनेछ । नेपालको भौगोलिक अवस्था, हिमालयको चलायमान प्रकृति, ऐतिहासिक अभिलेख र विगतका विपद्का घटनालाई हेर्दा उत्तर–पश्चिम भारतदेखि नेपाल हुँदै भुटानसम्म फैलिएको हिमाली भूभाग लामो समयदेखि बहुप्रकोपीय जोखिमको क्षेत्रमा रहँदै आएको देखिन्छ ।
बुधबारको घटना पक्कै पनि असाधारणरूपमा विनाशकारी छ । तर, हिमालयमा भूकम्प, पहिरो, आकस्मिक बाढी, नदी थुनिएर उत्पन्न हुने बाढी तथा अन्य चरम प्राकृतिक घटनाको इतिहास नयाँ भने होइन ।
Read full story at source (baahrakhari.com)