मल खोज्दै सीमा पार
gorkhapatraonline.com · Sun Jun 07 01:20:48 GMT 2026

बबई (बर्दिया), जेठ २४ गते । धानको बिउ राख्ने समय सुरु भए पनि आवश्यक मल उपलब्ध नहुँदा बर्दियाका किसान भारतीय बजार धाउन बाध्य भएका छन् । युरिया र डिएपी मल नपाएपछि किसान नेपाल–भारत सीमावर्ती भारतीय बजारतर्फ जान थालेका हुन् । मलको खोजीमा घन्टौँ साइकल चलाएर सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।
जिल्लामा करिब एक लाख १० हजार ४४७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ५० हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ तर खेतीको मुख्य सिजन सुरु भइसक्दासमेत सहजै रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् ।
Read full story at source (gorkhapatraonline.com)