'बालेन सरकारले सीमा नाघ्यो'
nagariknews.nagariknetwork.com · Thu Jul 23 16:13:36 GMT 2026

खुल्लमखुल्ला वैदेशीक हस्तक्षेप बढेको र नेपालको राष्ट्रिय स्वधिनता खतरामा परेकोले सबै कम्युनिस्टहरु एक भएर प्रतिरोध गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’द्वारा आयोजित कार्यक्रममा उनीहरुले बालेन सरकारले सीमा नाघेकोले त्यसको विकल्प खोज्नुपर्नेसमेत जोड दिए ।
७ घटकहरुको संयुक्त मोर्चाका संयोजक सन्तबहादुर नेपालीले विगतमा सत्तामा रहँदा कम्युनस्टहरुकै कमजोरीको कारण लामो समयपछि देश ‘घोर दक्षिणपन्थी’हरुको हातमा गएको आरोप लगाए । उनले देशमा बढ्दो वैदेशीक हस्तक्षेप र सरकारको जनविरोधी कदमकाविरुद्धमा सबै कम्युनिस्टहरु एक हुनुपर्नेमा जोड दिए ।
Read full story at source (nagariknews.nagariknetwork.com)