भोटेकोशीमा फेरि आयो बाढी, सतर्कता अपनाउन आग्रह
hamrakura.com · Sun Aug 30 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा पुनः बाढी आएको छ। ल्हेन्दे खोला हुँदै भोटेकोशीमा थप बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिएका छन्।
बाढीका कारण सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन नदी किनार तथा तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन सहायक प्रजिअ अधिकारीले अनुरोध गरेको रसुवास्थित समाचारदाता सरस्वती न्यौपानेले टेलिफोनमार्फत जानकारी गराएकी छिन्।
Read full story at source (hamrakura.com)