आर्थिक भार बढेपछि कालोसूचीको चिनियाँ चिप किन्न खोज्दै एप्पलः ट्रम्प प्रशासनसँग गोप्य लबिङ !
techpana.com · Sun Jun 28 11:07:47 GMT 2026

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले सरकारले कालोसूचीमा राखेको चिनियाँ कम्पनीबाटै चिप्स खरिद गर्न पाउँ भन्दै ट्रम्प प्रशासनसँग लबिङ गरेको खुलेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चिनियाँ सेनासँग सम्बन्ध रहेको आरोपमा कालोसूचीमा राखेको चिनियाँ कम्पनी चाङसिन मेमोरी टेक्नोलोजिज (सीएक्सएमटी) बाट मेमोरी चिप खरिद गर्न अनुमति पाउन ट्रम्प प्रशासनसँग लबिङ गरिरहेको फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख छ ।
यस विषयमा जानकार छ जना स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्स ले मेमोरी चिपको मूल्य लगातार बढेपछि आर्थिक दबाब कम गर्न एप्पलले अमेरिकी सरकारसँग यस्तो अनुमति मागेको जनाएको छ । एक स्रोतका अनुसार एप्पलले कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट चिप खरिद गर्ने अनुमतिका लागि एक महिना अघि अमेरिकी वाणिज्य विभागसँग पहिलो पटक सम्पर्क गरेको थियो । त्यसयता कम्पनीले प्रशासनका अन्य अधिकारी र वासिङ्टनस्थित आफ्ना सहयोगीहरूमार्फत पनि स्वीकृतिका लागि प्रयास गरिरहेको छ ।
Read full story at source (techpana.com)