इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
barnanmedia.com · Sun Jun 07 01:26:34 GMT 2026

दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरूसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच ससर्त युद्धविरामको सहमति भएको केही दिनमै यो घातक हमला भएको हो।
लेबनानी सेनाका अनुसार खर्दाली-नबातिएह सडकमा गुडिरहेको एउटा सैन्य सवारी साधनलाई निशाना बनाएर गरिएको आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान गएको छ। मारिनेहरूमा ब्रिगेडियर जनरल वसम साब्रा, क्याप्टेन एली खोरी र सैनिक हुसेन गोजाल रहेका छन्।
Read full story at source (barnanmedia.com)