फुडमाण्डुमा ईसेवामार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
techpana.com · Sun Jul 25 09:26:02 GMT 2021
काठमाडाैं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु र नेपालको अग्रणी मोबाइल वालेट ईसेवाबीच सहकार्य भएको छ । आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीबीचको यस समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताले मोबाइल वालेट ईसेवामार्फत अर्डरमा भुक्तानी गर्नसक्ने भएका छन् ।
एक कार्यक्रमका बीच फुडमाण्डु र ईसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो । सम्झौतासँगै ईसेवाका प्रयोगकर्तालाई थप सुविधा दिइनेछ भने फुडमाण्डुका प्रयोगकर्ताले थप भुक्तानीको माध्यम उपयोग गर्नसक्ने छन् ।
Read full story at source (techpana.com)