शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन आग्रह
lokaantar.com

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनलाइन ठगी (स्क्यामिङ) तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको भन्दै होटल, गेष्ट हाउस सञ्चालक तथा सर्वसाधारणलाई शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा बिहीबार जारी सूचनामा स्क्यामरहरूले विभिन्न प्रलोभन देखाएर बैंक खातामा रकम जम्मा गराउनेजस्ता गतिविधि बढाएकाले सबैलाई सचेत रहन अनुरोध गरिएको छ।
Read full story at source (lokaantar.com)