कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना गर्ने तयारी अन्तिम चरणमा
lokaantar.com

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तहमा विदेशी विद्यार्थी भर्ना गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। यही साता भर्ना आह्वान गर्ने तयारीसँगै विश्वविद्यालयले नीतिगत निर्णयको प्रक्रिया अघि बढाएको हो।
विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी भर्नासम्बन्धी छलफल अन्तिम चरणमा पुगे पनि अन्तिम निर्णय भने हुन बाँकी रहेको बताए। उनका अनुसार भर्ना आह्वानअघि आवश्यक नीतिगत तयारी तथा व्यवस्थापनका लागि सरोकारवालासँग छलफल भइरहेको छ।
Read full story at source (lokaantar.com)